शशांक र सुजाताले शेखरलाई छोडे, देउवा पक्षको भेलामै मिसिए

मंगलबार, वैशाख १५, २०८३

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेलामा अघिल्लो बैठकमा सहभागी नभएका पूर्वमहामन्त्री डा. शशांक कोइराला र सुजाता कोइराला मंगलबारको बैठकमा सहभागी भएका छन् । देउवा समूहको भेला पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले धुम्बाराहीको स्मार्ट होटलमा बोलाएका छन् ।

शशांक अघिल्लो भेलामा सहभागी नहुँदा शेरख कोइराला समूहको भेलामा सहभागी थिए । सुजाता भने देउवा समूहको बैठकमा १४औँ महाधिवेशनपछि पहिलोपटक सहभागी भएकी हुन् ।

पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), उमाकान्त चौधरीसहितका नेताहरू सहभागी छन् । यता शेखर कोइरालाले भने अलग्गै भेला डाकेका छन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १५:०९
प्रतिक्रिया दिनुहोस्