सोसल मिडिया
युनिकोड
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।
शहरी विकास मन्त्रालयले गठन गरेको सिफारिस समितिले प्रारम्भिक संक्षिप्त १२ जनाको सूचीबाट तीन जनाको नाम सिफारिस गरेको हो।
सिफारिस हुनेमा कास्कीका डा.विकास अधिकारी, बैतडीका डा.आनन्द सिंह भाट र सिराहाकी संगिता यादव छिन्।
समितिको कार्यकारी अध्यक्षका लागि दरखास्त दिन मन्त्रालयले कात्तिक २७ गते सूचना गरेको थियो।
प्रारम्भिक सूचीमा पर्न सफल उम्मेदवारहरूमध्येबाट तीन जना सिफारिस भएका हुन्।
व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तामा उपस्थित १२ जनाको शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजनाको मूल्यांकन, प्रस्तुतीकरण तथा अन्तर्वार्तासमेतको मूल्यांकनका आधारमा योग्यताक्रम अनुसार तीन जना उम्मेदवार सिफारिस गरिएको सिफारिस समितिले जनाएको छ।