सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसमा भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने सहमति भएको छ।
उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेताका लागि आङ्देम्बेको नाममा सहमति जुटाएको हो। पूर्वसहमहामन्त्री अर्जननरसिंह केसीले दलको नेताको दाबी छाडेपछि आङ्देम्बेको नाममा सर्वसम्मित भएको एक पदाधिकारीले बताए।
केसीका साथै सांसदहरू मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिर्दोष आलाम र चन्द्रमोहन यादवलगायतले दलको नेतामा दाबी गरेका थिए।
आङदेम्बेलाई पार्टीको पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद हुन्। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति गगन थापाले आङदेम्बेका नाम सर्वसम्मतका लागि पेश गर्नेछन्।
केन्द्रीय कार्यसम्पादन समितिबाट अनुमोदन भएपछि आज दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने दलको बैठकले नेता चयन गर्नेछ। कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दलको नेता सहमति जुटेको बताए। पाँचथरे भिष्म विगतमा देउवाका दाहिना थिए। पार्टी सभापति गगन थापाले रसुवाका मोहन आचार्यलाई दलको नेता बनाउन अनेक जुक्ति लगाएपछि झापाली विश्वप्रकाशका कारण पाँचथरे भिष्मले मौका पाएका हुन्।