सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । आज प्रधानमन्त्रीको जन्मदिनको छेको पारेर डाकिएको बैठकले केही अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्दैछ भने सशस्त्र प्रहरीको आईजीपी नियुक्त गर्ने निर्णय पनि गर्दैछ।