कांग्रेसका शेखरले बुद्धिजीवी र जेन्जी युवासँग गरे एकसरो छलफल 

आइतबार, वैशाख १३, २०८३

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देश र कांग्रेसको पछिल्लो अवस्थाबारे बुद्धिजीवी र जेन्जी युवा सँग छलफल गरेका छन्। कोइरालाले आइतबार आफ्नो सम्पर्क कार्यलय बिशालनगरमा उनीहरुसँग छलफल गरेका हुन्।

छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, बिष्णु बुढाथोकी, डा उद्धव प्याकुरेल, जेन्जी युवा अभिजित अधिकारी र करिना पुरीलगायतको सहभागिता थियो।

दिउँसो १ बजे देखि ४ बजेसम्म भएको छलफलमा कांग्रेस नेताहरु डा शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोख्रेल पनि सहभागी थिए।
 

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  १९:४४
प्रतिक्रिया दिनुहोस्