हर्कको फेसबुक पेज फिर्ता भए लगत्तै बाबुरामको हरायो 

आइतबार, वैशाख १३, २०८३

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पनि फेसबुक पेजमा समस्या देखिएको छ । केही समयदेखि उनको फेसबुक पेज देखिएको छैन् ।

यसबारे उनको सचिवालयले पनि जानकारी दिएको छ  । सचिवालयले भनेको छ, ‘पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ । हाल उक्त पेज पुनः प्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी सम्पूर्णमा अनुरोध छ ।’

केही दिनअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पनि पेजमा समस्या आएको थियो । अहिले उनको पेजको समस्या समाधान भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  १३:२०
प्रतिक्रिया दिनुहोस्