दुब्लाएको कांग्रेसमा फस्टाएको विवाद, सहमति गर्न डाकियो बैठक

आइतबार, वैशाख १३, २०८३

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । संसदीय दलको नेता चयन पेचिलो बनिरहेका बेला कांग्रेसले सोमबार ११ बजे बस्नेगरी बैठक बोलाएको हो ।

उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।

कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ । संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  १३:०३
प्रतिक्रिया दिनुहोस्