दुब्लाएको कांग्रेसमा झाँगिदो लफडा, संसदीय दलको निर्वाचन स्थगित

शुक्रबार, वैशाख ११, २०८३

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन स्थगित गरिएको छ। 

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचत स्थगित गरेको हो। यससँगै केन्द्रीय सम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा दलको नेता चयन गर्न वार्ता टोली गठन गरेको छ। 

कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे र निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही सदस्य रहेको छन्। 

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १६:२४
प्रतिक्रिया दिनुहोस्