सोसल मिडिया
युनिकोड
पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई सचेत गराएका छन् । कार्यसम्पादनमा आक्रमक देखिन थालेका वालेन्द्रलाई अर्यालले सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया दिएर सचेत गराएका हुन् ।
उनले लेखेका छन्, ‘रुल अफ ल’ र ‘रुल बाई ल’वीच तात्विक फरक छ । सुशासनको जग बसाल्न ‘रुल अफ ल’काे जगेर्ना गराैँ । दिशाबाेध हाेस्, तत्त्वबाेध पनि हाेस् ।’
सरकारले पछिल्लो समय सुकुम्वासी बस्ती हटाउन कडा नीति र पुराना फाइलहरू खोलेर अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन आक्रमकशैली अपनाएको छ । तर, सरकारका ती कदमहरूको प्रशंसा र आलोचना दुवै भइरहेको छ ।