वाणिज्य विभागले एकै दिन ४२ व्यावसायिक फर्मको पल्टायो खाता 

बुधबार, वैशाख ९, २०८३

नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ४२ व्यावसायिक फर्ममाथि अनुगमन गरेको छ ।

विभागले मङ्गलबार काठमाडौँको चुच्चेपाटी, जोरपाटी, चाबहिललगायतका स्थानमा एकै पटक अनुगमन गरी सुधारात्मक निर्देशन दिएको छ। बजारलाई स्वच्छ बनाउन, कानुन कार्यान्वयन गराउन र उपभोक्ता अधिकारको संरक्षण गर्न नियमित रूपमा बजार अनुगमन गरिएको विभागले प्रस्ट पारेको छ। 

विभागले उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा नियमित अनुगमन गरिएको प्रस्ट पारेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम विभागले ती फर्मलाई कानुनको परिपालना गरी व्यवसाय गर्न आग्रह समेत गरेको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  ०७:२४
प्रतिक्रिया दिनुहोस्