युवतीको अश्लिल भिडिओ छ्यालब्याल पार्ने कालिकोटे केटो, प्रहरीको चड्कन भेट्यो

मंगलबार, कात्तिक १७, २०८३

महिलाको अश्लिल भिडिओ बनाएको आरोपमा प्रहरीले कालिकोटका एक युवकलाई काठमाडाैँबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका- ३ बस्ने ३७ वर्षीय खगेन्द्र प्रसाद न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक बरम यादवले जानकारी दिए। 

न्यौपानेले एक युवतीको अश्लिल भिडिओ बनाएर विभिन्न व्यक्तिहरूलाई देखाउने र सामाजिक सञ्जालमा शेयर गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।  पीडित युवतीको जाहेरीको आधारमा प्रहरीले काठमाडौँको टोखा नगरपालिका- ३ स्थित धनेश्वरबाट उनलाई पक्राउ गरेको हो। 

‘उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा पक्राउ गरिएको हो,’ न्यौपानेले भने। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय कालीकोट लगेर थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले उक्त भिडिओ धेरैको सामाजिक सञ्जालमा पुगेको आशंका गरेको छ। 

‘उक्त अश्लिल भिडियो धेरै डिजिटल उपकरण तथा सामाजिक संञ्जालमासमेत हुन सक्ने भएकोले यस प्रकारको भिडियो शेयर गर्ने, प्रचारप्रसार गर्ने व्यक्ति तथा सामाजिक संञ्जाल प्रयोगकर्ताहरुलाई प्रचलित कानून बमोजिम कारवारवाही भई जाने हुँदा पीडितको गोपनियता, मर्यादा तथा सम्मानको संरक्षणका लागि उक्त भिडियो वा सोसँग सम्बन्धित कुनै पनि सामाग्री शेयर, डाउनलोड वा प्रचारप्रसार नगर्न नगराउन समेत अनुरोध,’ प्रहरीले भनेको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १०:११
प्रतिक्रिया दिनुहोस्