गृहमन्त्रीको बुढानिलकण्ठ आउजाउ बाक्लियो, रवि भेट्न फेरि पुगे

मंगलबार, वैशाख ८, २०८३

गृहमन्त्री सुधन गुरुङ आज मंगलबार दिउँसो बूढानीलकण्ठ पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न गुरुङ बूढानीलकण्ठस्थित उनको निवास गएका हुन् ।

सम्पत्ति शुद्धीकरणको कसुर भोगिरहेका व्यवसायी दीपक भट्ट समूहको लगानी भएको लघुबिमा कम्पनीमा गृहमन्त्री गुरुङको समेत संस्थापक सेयर रहेको खुलेपछि उनी विवादित बनेका छन् । यही विषयका कारण उनीमाथि पदबाट राजीनामाको दबाब समेत परेको छ ।

यसबारे छलफलका निम्ति उनी बूढानीलकण्ठ पुगेका गृहस्रोतले जनाएको छ । स्रोतका अनुसार, गृहमन्त्री गुरुङ सोमबार (वैशाख ७) राति पनि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १५:०७
प्रतिक्रिया दिनुहोस्