कान्छारामको थुतुनो चिलाएपछि गगनलाई आपत्, तारामानलाई पत्र पठाउने सास्ती

मंगलबार, वैशाख ८, २०८३

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले आज (सोमबार) पूर्णबहादुर तामाङ (कान्छाराम) स्पष्टीकरण सोधेको छ। पदीय मर्यादाको ख्याल नगरी पार्टी र पार्टीको नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै समितिले तीनदिने स्पष्टीकरण सोधेको हो।

समिति संयोजक तारामान गुरुङको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिन भित्र स्पष्टिकरण सोध्ने निर्णय गर्दछ।’

यसअघि पार्टीको विधानविपरीत गतिविधि गरेको ठहर गर्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सातदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। कान्छारामले गगन थापा संग तीन अर्ब पैसा भएको भनाई सार्वजनिक गरेका थिए। 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्