नभएको अधिकार प्रयोग गर्ने अध्यागमनका दुई भाई अधिकृत हटाईए 

सोमबार, वैशाख ७, २०८३

अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुई जना मातहतका कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।

अध्यागमन अधिकृतद्वय टोपबहादुर खत्री र विमल पौडेललाई विमानस्थलको जिम्मेवारीबाट हटाएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। 

उनीहरुले संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपालीको राहदानीमा नीतिविपरीत विदेश गएर काम गर्न नपाउने र नेपाल फर्किने मितिसहितको थप नोट लेखेका थिए। विभागले नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको स्पष्ट पारेको छ। 

‘प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अध्यास गर्ने दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय त्रिअविको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको छ’, विभागले भनेको छ। immigration_U7gU7F61lI-1776673762.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  १४:१५
प्रतिक्रिया दिनुहोस्