सोसल मिडिया
युनिकोड
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ।
शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गरेपछि सक्रिय भएको अनुशासन समितिको बैठक फेरि बस्न लागेको हो।
यसअघि बसेको बैठकले नेता पूर्णबहादुर खड्कालाई पार्टी अनुशासनविपरीतको कार्य गरेको भन्दै प्रष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।
पार्टीको उपसभापतिकै हैसियतमा खड्काले गतिविधिलाई निरन्तरता दिएपछि विशेष महाधिवेशनबाट निर्वाचित भएको अनुशासन समितिले उनीमाथि अनुशासनको कारबाही गर्ने तयारी अगाडि बढाएको छ।
खड्काले भने आफूलाई सोधिएको प्रष्टीकरणको कुनै जवाफ नदिने अडान यसअघि नै व्यक्त गरिसकेका छन्। सर्वोच्च अदालतले सोमबार विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि अनुशासन समितिको बैठक बस्न लागेको हो।