गगनलाई अझै खुत्रुक्कै पार्ने ठाउँ खोज्दै देउवाका दाहिना

आइतबार, वैशाख ६, २०८३

शेरबहादुर देउवा पक्षले गगन थापालाई नेपाली कांग्रेसको अधिकारिकता दिने सर्वोच्च अदालतको फैसलामा पुनरावलोकन गर्ने निर्णय गरेको छ।

आइतबार बसेको देउवा पक्षको बैठकले सर्वोच्चको फैसलामा पुनरावलोकन गर्ने निर्णय गरेको हो।

कांग्रेस नेता मीन विश्वकर्माले अदालतको फैसला स्वीकार गरे पनि कतिपय विषयहरू स्वीकार्न नसक्ने खालका भएकाले पुनरावलोकनमा जाने तयारी भएको बताए।

देउवा पक्षले केन्द्र, प्रदेश र जिल्ला स्तरमै पनि छुट्टै भेला आयोजना गर्ने उनले बताए।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १८:०७
प्रतिक्रिया दिनुहोस्