कांग्रेसको संसदीय दलको नेता ८ गते छानिने, काठमाडौँ नछोड्न सांसदलाई उर्दी

आइतबार, वैशाख ६, २०८३

नेपाली कांग्रेसको संसदीय दलको चयनका लागि निर्वाचन कार्यतालिका सर्वजनिक भएको छ। कांग्रेस संसदीय दलको कार्यालयले मंगलबार दलको नेता चयनका लागि निर्वाचन हुने कार्यक्रम तय भएको जानकारी दिएको हो। 

कांग्रेसले दलको नेताको निर्वाचनमा सहभागी हुन उपत्यका बाहिर रहेको भए सोमबारसम्म काठमाडौँ आइपुग्न मोबाइलमा एसएमएस पठाएको छ। 

सांसद गीता गुरुङका अनुसार उपत्यकामा भएका सांसदहरूलाई बाहिर नजान पनि एसएमएसमा आग्रह गरिएको छ। ‘नेका संसदीय दलको निर्वाचन वैशाख ८ गते हुने हुँदा काठमाडौँ उपत्यका बाहिर रहनुभएका माननीय ७ गतेभित्र आउनुहुन र उपत्यकामा हुन भएका माननीय बाहिर नजानु हुन जानकारी गराइन्छ,’  सूचनामा उल्लेख छ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ३८ सिटमा खुम्चिएको कांग्रेसले अहिलेसम्म दलको नेता चयन गर्न सकेको छैन। पूर्वसहमहामन्त्री भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १७:०२
प्रतिक्रिया दिनुहोस्