भ्रष्टाचार गरेर सम्पत्ति लुकाउनेलाई कोर्रा हान्ने विधि खोज्न प्रधानमन्त्रीले डाके बैठक

बिहीबार, वैशाख ३, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीलाई छलफलका लागि तम्तयार रहन उर्दी जारी गरेका छन्। 

आयोगका विषयमा छलफलका लागि ‘स्ट्यान्ड बाई’ बस्न आग्रह गरिएको हो । प्रधानमन्त्री बालेनले आयोगका सबै पदाधिकारीलाई बिहीबार छलफलका लागि डाकेको आयोगका एक पदाधिकारीले जानकारी दिए । 

“सिंहदरबारमा छलफलका लागि ‘स्ट्यान्ड बाई’ रहन खबर आएको छ । जुनसुकै बेला जानुपर्ने हुन सक्छ,” आयोगका ती पदाधिकारीले भने, “सायद आयोगको कामकारबाहीका लागि कार्यादेश, कर्मचारी व्यवस्थापन, विधि प्रक्रिया, कार्यालय स्थापना आदि विषयमा छलफल गर्न होला ।” 

आयोग पदाधिकारीका अनुसार, प्रधानमन्त्रीको अरू जरुरी बैठक नभएमा दिउँसो छलफलको तयारी छ । “समय तय भएको छैन । तर, तयारी अवस्थामा छौँ,” उनले भने । प्रधानमन्त्री वालेनले आजै सात प्रदेशका मुख्यमन्त्रीलाई पनि छलफलमा बोलाएका छन्। 

बुधबारको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । पाँच सदस्यीय आयोगमा पूर्वन्यायाधीशद्वय चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल छन् । 

देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति सुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्य गर्न प्रधानमन्ती तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भनिएको छ । 

आयोगलाई पहिलो चरणमा ०६२/६३ सालयताका सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति जाँचबुझ गर्ने कार्यादेश दिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १२:१७
प्रतिक्रिया दिनुहोस्