भए भरका मुख्यमन्त्रीलाई वरिपरि राखेर वालेनको एकसरो निर्देशन

बिहीबार, वैशाख ३, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाइएको छ ।

यसअघि प्रदेशगत रूपमा र समानुपातिक सांसदलाई छुट्टाछुट्टै भेट गरेका शाहले मुख्यमन्त्रीहरूसँग छलफल गरी प्रदेशका समस्या र तत्काल गर्नुपर्ने कामको प्राथमिकताका बारेमा जानकारी लिने तयारी रहेकाे बुझिएको छ ।

यसअघि प्रधानमन्त्री शाहले सातै प्रदेशका सांसदहरूसँग पनि छुट्टाछुटै छलफल गरिसकेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्