सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल बैठक आज बस्दै छ । रास्वपाको संसदीय दलको बैठक आज सिंहदबारस्थित संसदीय दल कार्यालयमा मध्याह्न १२: १५ बजे बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
महामन्त्री बुर्लाकोटीकाअनुसार संसदीय समितिका सभापतिहरू चयनको विषयमा छलफल हुन बैठक बोलाइएको छ ।
प्रतिनिधि सभाअन्तर्गतका विषयगत १० समितिका सभापतिको निर्वाचन वैशाख ४ गते शुक्रवार हुने कार्यतालिका रहेको छ ।