सोसल मिडिया
युनिकोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साह १३ दिनमै पदबाट हट्ने भएका छन् । विभिन्न विवादमा मुछिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री साहलाई हटाउने भएका हुन् । उनले श्रीमतीलाई बीमा बोर्डमा जोडजाड गर्न स्वास्थ्य मन्त्रीलाई दबाब दिएको र मन्त्रीको हैसियतमा खेलोफड्को गरेको आरोप छ ।
यसबीचमा मन्त्री साहकै जोडबलमा श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाइएका खबर प्रकाशित भएका थिए । यद्यपि मन्त्री पदबाट साहलाई हटाइनुको कारणसहित औपचारिक जानकारी नै दिइने पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ श्रममन्त्री पनि आजै नियुक्त हुन सक्ने सचिवालयले जनाएको छ ।
'श्रममन्त्रीको विषयमा विभिन्न कुरा उठिरहेको भएकाले आजै हटाउने निर्णय हुँदैछ,' प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । साह महोत्तरी-२ बाट रास्वपाबाट विजयी सांसद हुन् । उनले पूर्वश्रममन्त्री शरतसिंह भण्डारीलाई हराएका थिए ।