आवश्यक परेको खण्डमा उपस्थित हुने खण्डमा लेखकलाई पठाईयो घर

बिहीबार, चैत २६, २०८२

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पनि रिहा भएका छन्। 

महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा रहेका लेखकलाई हाजिरी जमानीमा छाडिएको हो।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईकाअनुसार पौने ११ बजे उनी छुटेका हुन्। ‘आवश्यक परेको खण्डमा उपस्थित हुने गरी छाडिएको छ’, भट्टराईले भने।

जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको न्यायीक आयोगले कारबाही गर्न सिफारिस गरेअनुसार लेखक चैत्र १४ गते पक्राउ परेका थिए। उनीसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ परेका थिए।

ओली पनि हाजिरी जमानीमा केही समयअघि छुटिसकेका छन्।

सोमबार सर्वोच्च अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न दिएको आदेशअनुसार उनीहरू छुटेका हुन्।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्