सोसल मिडिया
युनिकोड
गृहमन्त्री सुधन गुरुङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखे/नराखेको विषयमा अनुसन्धानका लागि सघाउन आग्रह गरेका छन् ।
गृहमन्त्री गुरुङले नेपालस्थित स्विट्जरल्यान्डकी राजदूतसँगको भेटमा यस्तो आग्रह गरेका उनको सचिवालयले जानकारी दिएको छ ।
नेपालस्थित स्वीस दूतावासले पनि गृहमन्त्री गुरुङसँग शिष्टाचार भेट भएको उल्लेख गरेको छ । दूतावासले आफ्नो सामाजिक सञ्जालमा राजदूत डानियल मेउलीले बुधबार गृहमन्त्री गुरुङसँग शिष्टाचार भेटवार्ता गरेको उल्लेख गरेको छ ।
दूतावासका अनुसार उक्त भेटमा स्विट्जरल्यान्ड र नेपालको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने विषयमा केन्द्रित थियो । त्यसक्रममा विकास सहयोग, विपद् व्यवस्थापन तथा सुशासनका विषयमा पनि छलफल भएको दूतावासले उल्लेख गरेको छ ।