रवि लामिछानेको वचनमा दुई मन्त्रीले यसरी खन्याए तातोपानी

मंगलबार, चैत २४, २०८२

स्वास्थ्यमन्त्री निशा मेहताले श्रम तथा रोजगारमन्त्री दीपककुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा पुन: हाजिर हुन दिएकी छन्।

बोर्डको सदस्यमा मनोनीत भएकी जुनु श्रेष्ठ ११ पटक बैठकमा उपस्थित भएकी थिइनन्। एकाएक सोमबार जुनु बैठकमा उपस्थित भइन्।

जुनुलाई तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बोर्ड सदस्यमा नियुक्त गरेका थिए।

स्वास्थ्य बीमा ऐनअनुसार कुनै सदस्य निरन्तर तीन पटक बैठकमा अनुपस्थित भएमा स्वतः निलम्बन हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार निलम्बनमा परेकी श्रेष्ठ पुनः सोही पदमा फर्केकी हुन्। उनलाई गत वैशाखमै सदस्य पदबाट हटाइएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने राजनीतिक नियुक्ति पाएका सार्वजनिक निकायका पदाधिकारीलाई स्वेच्छाले पद छाडेर मार्ग प्रशस्त गर्न आह्वान गरिरहेका छन्। उनले संसद बैठकबाटै नै राजनीतिक नियुक्ति पाएकाहरूलाई मार्गप्रसस्त गर्न आग्रह गरेका थिए।

यही बेला कारबाहीमा परेकी श्रेष्ठले स्वास्थ्य बीमा बोर्डको सदस्यमा फेरि जिम्मेवारी सम्हालेकी हुन्।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्