उपराष्ट्रपति यादव र ओलीको एकै अस्पतालमा उपचार जारी

मंगलबार, चैत २४, २०८२

उपराष्ट्रपति रामसायप्रसाद यादव अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपराष्ट्रपति यादवलाई सोमबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो ।

चिकित्सकहरूका अनुसार उनको रक्तचाप बढेको थियो । हाल उनको सामान्य अवस्थामा उपचार भइरहेको छ । पूर्व प्रधानमन्त्री केपी ओलीको पनि त्यहीं उपचार हुँदैछ। 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्