एमाले संसदीय दलको बैठक बादलको कप्तानीमा च्यासलमा चालू 

बुधबार, चैत १८, २०८२

नेकपा (एमाले)को संसदीय दलको बैठक जारी छ । बैठक केही समयअगाडि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।

बिहीबारदेखि संसदको अधिवेशन सुरु हुने भएकोले बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने जनाइएको छ ।

गत २१ फागुनमा भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट गरी २५ जना सांसद रहेका छन् ।

पार्टीका पूर्वउपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने छन् ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्