सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसको शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ।
मंगलबार नेताहरूले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बैठक बस्ने भएको नेतृ लक्ष्मी खतिवडाले जानकारी दिइन्। बैठक दिउसो १ बजे सुरु हुनेछ।
मंगलबारको बैठक निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो। बैठकमा खड्काले आफूहरूसँग १४औँ महाधिवेशनबाट निर्वाचित ११३ जना पदाधिकारीसहितका सदस्य रहेको बताएका थिए। आज भने ७० बढी पदाधिकारीसहितका केन्द्रीय सदस्य बैठकमा सहभागी थिए।