देउवा कांग्रेसलाई कोर्रा हान्न गगन कांग्रेसले सानेपामा पाखुरा सुर्किने 

बुधबार, चैत १८, २०८२

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि गर्न थालेपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाइपछि चासोका साथ हेरिएको छ ।

बैठकमा गत शनिबार कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति जारी गरेपछि सो विषयमा पनि समितिमा छलफल हुनेछ ।

त्यस्तै, २१ फागुनको आमनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गर्ने, असहयोग गर्ने, अर्को दलका उम्मेदवारको पक्षमा भोट माग्ने नेता कार्यकर्तामाथि कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्