संसदीय दलको नेता छान्न एमालेले डाक्यो बैठक

बुधबार, चैत १८, २०८२

नेकपा (एमाले) ले आज संसदीय दलको नेता छान्ने भएको छ । 

आज दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी संसदीय दलको बैठक बोलाएर एमालेले संसदीय दलको नेता चयन गर्न लागेको हो । प्रतिनिधिसभाको पहिलो बैठक भोलि बस्दै छ ।

मंगलबार एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको थियो । संसदबाट पनि पार्टीले ओली पक्राउको विरोध गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्