सीआईबीले समातेका पूर्वमन्त्री दीपक खड्कालाई नर्भिकले किन लिएन भर्ना ?

सोमबार, चैत १६, २०८२

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । उनलाई सुरुमा नर्भिक अस्पताल लगिएको थियो। 

आईतबार राति वान्ता आएपछि उनलाई नर्भिक अस्पताल लगिएपनि सो अस्पतालले भर्ना नगरी टिचिङ अस्पताल रिफर गरेको थियो। नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएपछि अहिलेका प्रधानमन्त्री बालेन काठमाडौँको मेयर हुँदा भत्काउन खोजेका थिए। तर, अदालतको आदेशले त्यो काम हुन पाएको छैन। 

उनलाई राति नै महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । “थप जानकारी आउन बाँकी छ,” टिचिङ अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले भने । 

खड्कालाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको थियो । उनी माथि सम्पत्ति शुद्दिकरण मुद्दामा अनुसन्धान गर्न सात दिन म्याद थपिएको छ। 

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्