सोसल मिडिया
युनिकोड
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा (एमाले)ले आज (चैत १६) पनि प्रदर्शन गर्ने भएको छ । सोमबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गरिने एमालेले जनाएको छ ।
शनिबार (चैत १४) ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको थियो । शनिबारदेखि नै एमालेले अध्यक्ष ओलीलाई रिहा गर्न मागसहित प्रदर्शन गर्दै आएको छ ।