सोसल मिडिया
युनिकोड
नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । बलात्कारको बात लागेका बस्नेत साँझदेखि सम्पर्क बाहिर छन्। धादिङ्गकी शोभा पाठकले उनलाई बलात्कार गरेको आरोपमा यस अघि नै उजुरी दिएकी थिईन। आजै मात्र पनि उनले ठाडो उजुरी दिएको बुझिएको छ।
प्रहरी उच्च स्रोतका अनुसार उनीविरुद्ध उजुरी परेलगत्तै पक्राउका लागी प्रहरी परिचालन गरिएको थियो । तर बस्नेत भने सम्पर्कविहीन भएको प्रहरी स्रोतको भनाइ छ ।
'उहाँलाई पक्राउका लागि उजुरी आएपछि सम्पर्कमा आउन भनिएको छ । तर उहाँ सम्पर्कमा आउनुभएको छैन । फोन गर्दा लागेको छैन । हामी खोज्दैछौँ ।'
गृहमन्त्री सुधन गुरुङले बस्नेतलाई जसरी भएपनि समात्न प्रहरीलाई ठाडो निर्देशन दिएको बुझिएको छ। एमालेले गर्दै आएको सडक आन्दोलनलाई तुहाउन पनि बालेन सरकारले बस्नेतलाई समात्ने रणनीति बनाएको छ।