सोसल मिडिया
युनिकोड
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालेन्द्र शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेर अपरिपक्व कदम चालेको टिप्पणी गरेकी छिन्।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले कार्की आयोगको प्रतिवेदन पूर्ण नभएकाले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय भएको बताएकी हुन्।
‘यस प्रकारको अपरिपक्व निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने देखिन्छ । कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुन्छ।’ भण्डारीले भनेकी छिन्, ‘हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्छ र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्छ।’