ओली समातिएकै दिन एमालेका पूर्व सांसद करणी काण्डमा समातिए

शनिबार, चैत १४, २०८२

बलात्कार आरोपमा एमाले नेता तथा पूर्व सांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मल्ललाई शनिबार ललितपुर प्रहरीको टोलीले सातदोबाटोबाट पक्राउ गरेको हो ।

मल्लविरुद्ध एक महिलाले जाहेरी दिएकी थिइन् । मल्ललाई कारबाहीको माग गर्दै उनी माइतीघरमा आमरण अनसन समेत बसेकी थिईन् । ललितपुर प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले एक महिलाले दिएको किटानी जाहेरीका आधारमा मल्ललाई पक्राउ गरिएको बताए । 

मल्ल २०६४ को संविधानसभामा एमालेबाट सभासद बनेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्