सोसल मिडिया
युनिकोड
नेकपा (एमाले)का कार्यकर्ताले भदौ २३ र २४ गतेका घटना छानबिनका निम्ति गठित तत्कालीन ‘जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदन’ जलाएका छन् । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताले शनिबार (चैत १५) पार्टी कार्यालय च्यासलबाहिर ‘आयोगको प्रतिवेदन’ जलाएका हुन् ।
उनीहरूले वर्तमान सरकारले प्रतिशोध साध्न खोजको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
शनिबार नै एमालेनिकट अनेरास्ववियुमा आबद्ध विद्यार्थीले काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका छन् । अध्यक्ष ओलीको रिहाइको माग गर्दै उनीहरूले टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले पनि ‘आयोगको प्रतिवेदन’ जलाए ।
राजनीतिक प्रतिशोध राखेर ओलीलाई पक्राउ गरिएको भन्दै एमाले सचिवालयले आन्दोलनको घोषणा गरेको छ ।