ओलीको पक्राउलाई हतारमा गरिएको प्रतिशोध भएको एमालेको ठहर

शनिबार, चैत १४, २०८२

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई एमालेले हतारमा गरिएको प्रतिशोध भनेको छ ।

एमालेका नेता योगेश भट्टराईले पार्टी कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै भने, “समय पर्याप्त थियो । यो प्रतिशोध हो, त्यो पनि हतारमा । प्रतिवेदन कार्यान्वयन गर्ने नाममा पक्राउ गरिएको छ । यसको हामीले विरोध गर्छौं ।”

नेता महेश बस्नेतले आफूहरु सशक्त रुपमा सडकमा जाने बताएका बताए ।

“सडकमा पनि सशक्त रुपमा जान्छौँ । राजबन्दी नभएको मुलुक भनेर हामीले नेपाललाई बनाएका थियौँ । आज अवस्था परिवर्तन भएको छ,” बस्नेतले भने, “हामी सशक्त रुपमा सडकमा उत्रिन्छौँ । भदौ २३ र २४ को आन्दोलनका रचनाकारहरु अहिले सरकारमै छन् ।”

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्