शक्तिशाली चार देशले प्रधानमन्त्री बालेनलाई दिए बधाई 

शुक्रबार, चैत १३, २०८२

चीनले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन च्यानले उनलाई बधाई दिएका हुन्। 

‘चीन परम्परागत मित्रता र व्यावहारिक सहकार्यलाई अझ मजबुत बनाउन नेपालका नयाँ सरकारसँग मिलेर काम गर्न तयार छ,’ प्रवक्ता लिनले भनेका छन्।

त्यस्तै जापानी प्रधानमन्त्री तकाइची सनाएले पनि प्रधानमन्त्रीलाई बधाई दिएकी छन्। भारत, अमेरिकासहितका मित्रराष्ट्रले यसअघि नै उनलाई बधाई दिइसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्