सोसल मिडिया
युनिकोड
कोशी प्रदेश सरकारले विभिन्न निर्णय गरेको छ । बिहीबार (चैत १२) बसेको कोशी मन्त्रिपरिषद् बैठकबाट ६ निर्णय गरिएको हो ।
बैठकबाट प्रदेश भवन नियमावली, २०८२ स्वीकृत गरिएको छ । ०८३ सालका निम्ति सार्वजनिक बिदाको सूची पनि अनुमोदन गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।
वित्तीय समानीकरण अनुदान तथा सवारीसाधन कर बाँडफाँडसम्बन्धी निर्धारण गरिएको सीमा स्वीकृत गर्ने निर्णय समेत गरिएको छ ।
गएको असोज १८ र १९ गतेको बाढीपहिरो तथा चैत १ र २ को हावाहुरीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणका निम्ति आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको विपद् कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले जानकारी दिए ।