कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १८ गतेसम्मका लागि तय

बुधबार, चैत ११, २०८२

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ।

बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो। मंगलबारको बैठकमा सभापति गगन थापाले आगामी भदौ २४-२६ गतेका नियमित महाधिवेशनको कार्यतालिका पेस गरेका थिए।

असोज १६ देखि १८गते १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधनसहित केन्द्रीय समितिले पारित गरेको हो ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्