सोसल मिडिया
युनिकोड
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ४६ करोड १५ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का तत्कालीन तीनजना महानिर्देशकहरूसहित २१ जनालाई प्रतिवादी कायम गरेको छ। पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धीको यो दोस्रो मुद्दा हो।
यसअघि आठ अर्ब ३७ करोड भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले गत २१ मंसिरमा तत्कालीन पाँच मन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यो अदालतमा विचाराधीन छँदै अख्तियारले दोस्रो मुद्दा पनि दायर गरेको हो।
अख्तियारले पूर्वपर्यटनसचिव केदारबहादुर अधिकारी र क्यानका पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीलाई प्रमुख प्रतिवादी कायम गरेको छ। अधिकारीविरुद्धको यो तेस्रो भ्रष्टाचार मुद्दा हो। यस मुद्दामा अख्तियारले दुई कम्पनीलाई पनि प्रतिवादी बनाएको छ। केदारबहादुर राप्रपाका मुख्यसचिव हुन्।