सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।
बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
बैठकमा गगन थापाको राजीनामाका सम्बन्धमा छलफल हुनेछ। निर्वाचनमा पराजीत भएपछि जिम्मेवारी लिँदै थापाले सभापतिबाट राजीनामा दिएका छन्।
उनको राजीनामा स्वीकृत गर्ने कि नगर्ने भन्ने केन्द्रीय कार्य समितिको बैठकले निर्णय गर्नेछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ।
उक्त बैठकमा उपस्थित हुनका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ।