सत्ता छोड्नु अघि सेनाको हेलिकोप्टरमा प्रधानमन्त्री रारा रारा तालमा सयर

बिहीबार, चैत ५, २०८२

प्रधानमन्त्री सुशीला कार्की आज बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत मुगु पुगेकी छिन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार कर्णाली प्रदेशका सुरक्षा निकायका प्रमुखहरुसंग भेटघाट तथा रारा ताल अवलोकनका लागि उनी बिहानै मुगुको गमगढी पुगेकी छन् ।

प्रधानमन्त्रीले आज मुगु र जुम्ला भ्रमणपछि भोली त्यहीँबाट जनकपुर जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँगै उनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद सुवेदी, आदर्शकुमार श्रेष्ठ तथा प्रेस सल्लाहकार रामबहादुर रावल लगायत रारा पुगेका छन् ।

यसअघि प्रधानमन्त्री कार्कीले हिजो बिहान पशुपतिनाथ मन्दिर दर्शन गरी रुद्राभिषेक पूजा गरेकी थिइन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्