न्यायाधीश हुनुअघि रविकै वकिल भएर काम गरेका न्यायाधीशले के देलान् आदेश ?

मंगलबार, चैत ३, २०८२

रवि लामिछाने जोडिएको स्वार्थ बाझिने रिट निवेदनमा तेस्रो दिन पनि बहस जारी छ।

सर्वोच्चका न्यायाधीश सुनिल पोखरेल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा रास्वपाका सभापति लामिछानेविरुद्ध लागेको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिटमा तीन दिनदेखि सुनुवाइ भइरहेको हो।

न्यायाधीश हुनुअघि लामिछानेको वकिलका रुपमा विभिन्न मुद्दामा बहस पैरवी गरेका पोखरेलले चालोचनाका बीच सुनुवाइलाई निरन्तरता दिएका हुन्। न्यायाधीश आचार संहिता, आफ्नै प्रतिबद्धता र अन्तराष्ट्रिय अभ्यासलाई तिलाञ्जली दिँदै पोखरेलले लामिछाने जोडिएको मुद्दाको सुनुवाइ गरेका हुन्।

र महान्यायाधिवक्ता कार्यालयको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध अभियन्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका छन्।

निवेदक र उनीहरुका कानुन व्यवसायीले लामिछाने जोडिएको मुद्दाको सुनुवाइबाट आफूलाई अलग राख्न न्यायाधीश पोखरेललाई आइतबार बहस सुरु हुनुअघि नै आग्रह गरेका थिए।

तर त्यसलाई सुनेको नसुन्यै गरेर इजलासमा बसेका हुन्। संभवत मंगलबार बहस सकिएर आदेश आउने संभावना छ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्