सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतले आइतबार सुनुवाइ नसकिएपछि यो रिटलाई हेर्दाहेर्दैमा राखेको छ।
उक्त रिटमाथि आज पनि निरन्तर सुनुवाइ अगाडि बढाउने तयारी छ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा आइतबार यो मुद्दाको सुनुवाइ भएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले रविविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।
जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता (अभियोग संशोधन) को निवेदन अदालतमा पेश गरे पनि जिल्ला अदालतले सर्वोच्चमा रहेको यो मुद्दाको टुंगो नलागेसम्म कुनै निर्णय नगर्ने भएका छन्।
मुद्दा फिर्ता लिने निर्णय गरेपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन्।
यी दुई कसुरमा मुद्दा फिर्ता भए पनि रविविरुद्ध सहकारी ठगी मुद्दा भने कायम रहनेछ।