प्रचण्ड र माधवले छानेका यी हुन् नौ समानुपातिक सांसद 

आइतबार, चैत १, २०८२

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फका नाै जना सांसदको नाम टुंगो लगाएको छ । नेकपा संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले समानुपातिक अन्तिम सूची टुंगो लगाएका हुन् ।

पार्टीले समानुपातिकमा खसआर्यबाट प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगताबाट प्रेम बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक, गणेश विश्वकर्मा र थारु समूहबाट निराशा चौधरी डगौराकाे नाम सिफारिस गरेकाे हाे । 

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्