भरत गिरी सहित राप्रपाले चयन गरेका यी हुन् चार समानुपातिक सांसद

आइतबार, चैत १, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक तर्फका ४ उम्मेदवार टुंगो लगाएको छ। आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले क्लष्टर मिलाएर नाम सिफारिस गरेको हो।

जसमा खस आर्य पुरुषतर्फ भरत गिरी, मुस्लिम पुरुषमा ताहिर अली छन्। यस्तै, खस आर्य महिलामा खुश्वु ओली र जनजाती महिलामा सरस्वती लामाको नाम निर्वाचन आयोगमा पठाएको हो।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनावमा राप्रपाले प्रत्यक्षमा जुम्लामा जित निकालेको थियो। देशैभर समानुपातिकतर्फ राप्रपाले ३ लाख ३० हजार ६८४ मत पाएको थियो। 

राप्रपाले पाएको यो मतका आधामा निर्वाचन आयोग ४ सिट पाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्