रास्वपा बैठकमा बालेन नझुल्किनुको यस्तो छ कारण

आइतबार, चैत १, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको समानुपातिकको नाम छनोट गर्न बसेको बैठकमा सहभागी नहुने भएका छन् । 

उनी औपचारिक बैठकमा भर्चुअल र उपस्थित भएर नै सहभागी नहुने भएका हुन् । बालेन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको एकतापछि अहिलेसम्म कुनै पनि औपचारिक बैठकमा बालेन्द्र सहभागी भएका छैनन् । नयाँ सदस्यहरूका लागि विधान संशोधन गरेपश्चात मात्रै सहभागी गराउने पार्टीको तालिका छ । 

पार्टीको तर्फबाट आगामी प्रधानमन्त्रीको दावेदार रहेका बालेन्द्रलाई अब बस्ने केन्द्रीय कमिटी बैठक र सचिवालयले विधान संशोधन गरेर संसदीय दलको नेता बनाउनेछ । त्यसपछाडी मात्रै हुने पार्टीको औपचारिक बैठकमा सहभागी हुने जानकारी पार्टी नेताहरूले गराए ।

‘वरिष्ठ नेताज्यू आज बैठकमा सहभागी हुनुहुन्न उहाँले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिसक्नुभएको छ ।’ पार्टीका एक शीर्ष नेताले भने,’ सभापतिज्यूसँग कोअर्डिनेसन गरेरै भर्चुअल र फिजिकल रूपमा बैठकमा सहभागी नहुने हामीलाई जानकारी छ । सभापतिज्यू स्वास्थ्यमा समस्या भएका कारण भर्चुअल जोडिनुहुन्छ।’

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्