हर्कको श्रम संस्कृति पार्टीले छान्यो चार सांसद, माटोमा को-को अटाए ?

शनिबार, फागुन ३०, २०८२

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको  छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरी मत पाएको छ ।

सो पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ । सो मतका आधारमा सो पार्टीले ४ जना समानुपातिक तर्फका सांसद पठाउन पाउने छ । चार जना सांसद पाउने भएपछि हर्क साम्पाङ नेतृत्वको पार्टी आन्तरिक विवादमा फसेको थियो ।

विवादका बीचमा समानुपातिक सांसदहरूको टुङ्गो लागेको श्रम संस्कृति पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता राईले जानकारी दिइन् । उनका अनुसार सो पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुङ्गो लागेको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्