एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

शुक्रबार, फागुन २९, २०८२

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । 

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो ।

दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्