निर्वाचन आयोगले समानुपातिकमा छ दलले पाउने सीट गर्यो बाँडफाड

बिहीबार, फागुन २८, २०८२

निर्वाचन आयोगले समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरेको छ। 

समानुपातिकतर्फको मतगणना सकिएपछि निर्वाचन आयोगले सिट संख्या निर्धारण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। 

निर्वाचन कानुनअनुसार, समानुपातिकमा ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत कटाउने ६ दलको सिट निर्धारुण गरिएको भट्टराईले बताए। 

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा (एमाले)लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ४ सिट निर्धाण गरेको हो। 

सिट निर्धारण गरेसँगै आयोगले ६ वटै दललाई पत्राचार गरेको छ। आयोगले गरेको बाँडफाँड अनुसार, ३ दिनभित्र उम्मेदवारको नाम पठाउन भनेको छ। 

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्